काठमाडौं,
माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकको उक्त शेयर विद्यमान वा जो कोही व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थाले खरिद गर्न पाउनेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरि बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयरका लागि बोलकबोल गर्दा न्यूनतम १० लाख र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । शेयर खरिद गर्न योग्य तथा इच्छुक जो कोहीले आज ९पुस २५ गते० देखि माघ २ गतेसम्म बैंकको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटल लिमिटेड, जे।डि।ए कम्पेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया