रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश



काठमाडौं,
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।