नेप्सेमा २० अंकको बृद्धि, ६ अर्बको कारोबार हुदाँ १६५ कम्पनीको शेयर मुल्य बढ्यो

नेप्सेमा २० अंकको बृद्धि, ६ अर्बको कारोबार हुदाँ १६५ कम्पनीको शेयर मुल्य बढ्यो


काठमाडौं,

आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर, उत्पादनमुलक एण्ड प्रशोधन र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ । आज १६५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेको छ ।