काठमाडौं,
कारोबारमा आएको दोस्रो दिन मंगलबार पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज यस कम्पनीको शेयर १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो ।
हिमालयन रिइन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १०६ प्रिमियम मूल्य थपेर २०६ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो। यो हिसाबले यो दिनको अवधिमा शेयरधनीहरुले यो कम्पनीको शेयरबाट १६८.१० रुपैयाँ कमाएका छन्।



About Us
प्रतिक्रिया