काठमाडौं,
आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशलमव ५७ अंकले बढेर २,०५९ को विन्दुमा कायम भएको छ ।
आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य घटेको छ ।
प्रतिक्रिया