समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन् । मनकामना स्मार्टको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ ।
समता लघुवित्त र घरेलु लघुवित्त बीच मर्जर भएर समता घरेलु लघुवित्त बनेको थियो । समता र घरेलुलाई नेपाल राष्ट्र बैंकले २०७७ साल चैत १० गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । समताले मनकामना लघुवित्तलाई गाभ्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढेको हो ।
प्रतिक्रिया