काठमाडौं,
नेपाल बीमा प्राधिकरणले लगानी निर्देशनमा पहिलो संशोधन गर्दै जीवन र निर्जीवन लघु बीमकले अन्य कम्पनीहरुको शेयरमा लगानी गर्ने सीमा बढाएको छ।
अब यी दुवै किसिमका लघु बीमाकहरुले अन्य कुनै पनि कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । यसअघि यस्तो सीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको थियो।
यसैगरी लगानी क्षेत्रको महलमा रहेको ‘साधारण शेयर’ भन्ने शब्दहरुको सट्टा ‘शेयर’ भन्ने शब्द राख्ने व्यवस्था पनि संशोधित निर्देशनमा रहेको छ।



About Us
प्रतिक्रिया