काठमाडौं ।
नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले १ करोड ९ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
कम्पनीले कार्तिक महिनासम्ममा ३५ सय १४ वटा बीमा पोलिसी विक्री गरी ३५ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनी मंसिर महिनामा मात्रै ६ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ७ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
कम्पनीले यस अवधिसम्ममा ४ हजार ६९ वटा बीमा पोलिसी विक्री गरी ६१ लाख ९८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले मंसिर महिनामा मात्रै १८ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ४१ लाख ६२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स
कम्पनीले मंसिर महिनासम्ममा ४८८ वटा बीमा पोलिसी विक्री गरी ११ लाख ६७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले ४२५ वटा बीमा पोलिसी विक्री गरी १० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।



About Us
प्रतिक्रिया