काठमाडौं,
नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २३ गते विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ पुस २३ गते हुनेछ।
यो विकास ऋणपत्रको बोलकबोल आयतबार पुस २२ गते दिउँसो २ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।
यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्। ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ।
यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।



About Us
प्रतिक्रिया