काठमाडौं,
नेको इन्स्योरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले यस वर्ष लाभांश वितरण नगरी बार्षिक साधारणसभा आह्वान गरेको हो ।
नेको इन्स्योरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरी बार्षिक साधारणसभा आह्वान गरेको आज प्रकाशित सूचनामा उल्लेख छ ।
कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बार्षिक साधारणस सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक वित्तिीय विवरण पारित गर्नेछ । त्यस्तै,आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।



About Us
प्रतिक्रिया