२०२४ को पहिलो भ्रमणमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छुः एस जयशंकर


काठमाडौं– बिहिबार बिहान साढे ९ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भारतका विदेशमन्त्री एस जयशंकरले २०२४ को पहिलो भ्रमणका रुपमा नेपाल आउन पाउँदा आफु अत्यन्तै हर्षित भएको बताएका छन । आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफु उत्साहित रहेको बताए ।

बिहीबार नेपाल आएका उनले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू गरेका छन । जयशंकरले बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरे ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। त्यसपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेका थिए ।

अहिले उनी नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी छन । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसो सुरू भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्।