नेप्सेमा ८ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब

नेप्सेमा ८ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब


काठमाडौं । आज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजर १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२८ कम्पनीको शेयर मुल्य घटेको छ ।