गर्भनर महाप्रसाद अधिकारीको योग्यता विवादको फाइल पेस गर्न सर्वोच्चको आदेश


काठमाडौं–सर्वोच्च अदालतले गर्भनर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठेको विवादमा उनीमाथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पनि पेस गर्न आदेश दिएको छ ।

गभर्नर अधिकारीको योग्यतासम्बन्धी विवाद पूर्ण सुनुवाइका बेलामा नै निरुपण हुन उचित हुने भन्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले गभर्नर अधिकारीमाथि सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेस गर्न आदेश दिएको हो । आज बिहीबार सार्वजनिक भएको आदेशमा भनिएको छ, ‘गभर्नर पदमा आफूलाई निलम्बन गरेको सम्बन्धमा महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदन समेत साथै राखी नियम अनुसार पेश गर्नु।’

सर्वोच्च अदालतले ९ माघ, २०८० मा मुद्दालाई पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिँदै १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत आदेश दिएको छ ।