काठमाडौं ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा महानगरपालिका–४ नाकोमुखमा सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जना कारागार चलान भएका हुन्।
उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्याललाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ।
कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले गुरुङ र अर्याललाई कारागार पठाउने आदेश दिएको हो ।
प्रतिक्रिया