काठमाडौं ।
शेयर बजार परीसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ९० अंकले बढेर २,०५८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३० कम्पनीको शेयर मुल्य घटेको छ । शिवम् सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया