काठमाडौं ।
मञ्जुश्री फाईनान्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया