बेइजिङ– चिनीया कार कम्पनी बीवाईडीले आफूहरूले सन् २०२३ को अन्त्य सम्ममा ३० लाख भन्दा बढी कार उत्पादन गरेको जनाएको छ । प्रतिस्पर्धी टेसलालाई दोश्रो वर्ष पनि पछि पार्दै बीवाईडी अघि रहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यता टेसलाले भने १८ लाख ४० हजारको संख्यामा मात्र उत्पादन गरेको जानकारी मंगलबार दिएको छ । यद्यपी बिवाइडिले जारी गरेको उक्त दाबी अर्धसत्य रहेको बताइएको छ । उसले दिएको आँकडामा १६ लाख कार हाइब्रिड मोडलका छन् भने १४ लाखको संख्यामा मात्र पूर्ण विद्युतीय इन्जिन भएका गाडी रहेका छन ।
यता टेस्लाले विद्युतीय कार मात्रैको उत्पादनमा भने आफूलाई बीवाइडी भन्दा अगाडि ल्याउन सफल भएको छ । टेस्लाका कार संख्या १८ लाख हुँदा बिवाइडीको विद्युतीय कार संख्या १६ लाख मात्र भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
सामान्यतया बीवाईडी कम्पनीका कार टेस्लाको तुलनामा सस्ता र हाइब्रिड मोडलमा आधारित हुन्छन । तर एलन मस्कको योजनामा विशुद्ध ब्याट्रीबाट चल्ने सवारी बन्छन् ।
टेसलाको पाँच भागको एक भाग बजार हिस्सा चीनले समेटेको क्षेत्रमा पर्दछ । गएको सेप्टेम्बर महिनाको अन्त्यमा भएको अध्ययनले उक्त तथ्य पत्ता लगाएको हो ।
यता हङकङ स्टक एकचेन्जको सर्वेक्षण अनुसार गएको मंगलवार बीवाईडीको शेयर मूल्यमा २ प्रतिशतको गिरावट देखिएको छ । कम्पनीले ३० लाखको आंकडा पार गर्न सफल भए पनि सीएलएसएको अपेक्षामा खरो उत्रन सकेन । यद्यपी बिवाइडिले केही हजार आसपसको सामान्य अंकले टेस्लालाई पछि परेको रिपोर्टमा उल्लेख छ ।
कम्पनीका अनुसार सन् २०२३ मा ३० लाख हजार कार उत्पादन गरेको र बिवार्इडी कम्पनीले ऊर्जा प्रवदर्धन गर्ने उद्देश्यका साथ मार्च २०२२ देखि प्रेटोलियम पदार्थमा निर्भर गाडीको उत्पादन सम्प्पूर्ण रूपमा बन्द गरिसकेको छ ।
प्रतिक्रिया