बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई गरेको छ । नेपाल बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको हो । स्थलगत निरिक्षणका क्रममा भेटिएको कैफिएतको बिषयमा जवाफ सोध्दा उचित उत्तर नआएको भन्दै प्राधिकरणले आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी नगद जरिवाना गरेको हो ।
तीन कम्पनीलाई प्रतिकम्पनी नगद २।२ लाख रुपैयाँ जरिवाना गरिएको बीमा प्राधिकरणले जनाएको छ। प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएको कारण कारावही गरेको हो ।






About Us
प्रतिक्रिया