एजेन्सी–‘ग्लोबल क्रुड बेन्चमार्क ब्रेन्ट’ १.६ प्रतिशतले बढ्दा अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल तेलको मूल्य ७८.२७ डलर पुगेको छ । साथै कारोबारको समय एशियामा ‘युएस वेस्ट टेक्सस इन्टरमिडियट’ १.४ प्रतिशत वृद्धि भई प्रति ब्यारेल कच्चा तेलको मूल्य ७२.६७ डलर पुगेको छ ।
इरानले सोमवार आफ्नो ‘अलबोर्ज डिस्ट्रोयर’ नामको युद्धपोतलाई रणनीतिक नाकामार्फत ‘रेड सि’ तर्फ पठाएको छ । यसको ध्ययको बारेमा विस्तृत जानकारी नदिइकिन उसले यो परिचालनलाई जलमार्ग सुरक्षाको नियमित अभ्यास बताएको छ ।
अमेरिकी जल सेनाले इरान समर्थित १० हुथी विद्रोही र उनीहरुको जहाजलाई ध्वस्त गरिदिएपछि इरानले यो कदम चालेको बताइन्छ । जलसेनाले सिंगापुरको ध्वजवहाक ‘मयस्र्क’ माथि हुथि आक्रमणको जवाफमा उक्त कारवाही गरिएको बताएको छ । उता विद्रोही पक्षका प्रवक्ताका अनुसार ध्वस्त पारिएका जहाजहरु उनीहरुले हालमै कब्जा गरेको समुद्र तटिए क्षेत्रको नियमित सुरक्षा गस्तीमा रहेको जनाएका छन ।
हुथी विद्रोहीहरुले केही समयदेखि इजरायलले गाजामा गरेको कारवाहीको विरोध स्वरुप उसका मालवाहक जहाजहरुलाई लक्षित गरि आक्रमण तिब्र पारेका छन ।
प्रमुख शिपिङ्ग कम्पनीहरुले सामान ढुवानीको लागि ‘स्वीज क्यानल’ र ‘रेड सि’ हुँदै गरिने सम्पूर्ण ढुवानीहरुको मार्ग परिर्वतन गरि दक्षिण अफ्रिकातर्फ मोडेका छन जुन मार्ग ढुवानीका लागि अत्यन्त महंगो मानिन्छ । उक्त मार्गमार्फत ढुवानी गर्दा प्रति कन्टेनर १० हजार डलरसम्म थप शुल्क बेहोर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया