काठमाडौं ।
सर्वोत्तम सिमेन्टको आईपीओमा पुस २५ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाको लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ३० हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो ।
कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया