गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस १६ गते संस्थामा कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

गरिमा विकास बैंकले लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ९.५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु गर्नेछ ।