बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको मुद्दामा आज सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा यो मुद्दातको पेसी तोकिएको हो । २०७९ वैशाखमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो ।
सरकारले आफूमाथि गैरकानुनी तरिकाले निलम्बन गरेको भन्दै अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। २०७९ वैशाख ६ मा न्यायाधीश हरि प्रसाद फुयालको इजलाशले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
प्रतिक्रिया