बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त कम्पनीको सञ्चालक समितिको पुस १३ गते बसेको बैठकले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
कम्पनीको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार संस्थाले नगद लाभांशबापत कुल ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया