बैंकिङ्ग समाचार, काठमाडौ ।
नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले यसअघि ट्रेजरी बिलमार्फत उठाएको २० अर्ब २५ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो ।
यी ट्रेजरी बिल पुस १७ गते जारी हुनेछ। जसमा ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन् । यी ट्रेजरी क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्।






About Us
प्रतिक्रिया