बैंकिङ्ग समाचार, काठमाडौ. ।
नेपाल बीमा प्राधिकरणको कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी हेरफेर गरिएको छ । बीमा प्राधिकरणका अनुसार प्रशासन विभागको जिम्मेवारीमा रहेका दिनेश लाल कर्णलाई नियमन र सम्पत्ती शुद्धिकरण विभागको समेत जिम्मेवारी थपिएको छ।
यसअघि यो जिम्मेवारी अर्का निर्देशक कमल प्रसाद रेग्मीलाई दिइएको थियो । रेग्मीलाई दिनु अघि कानुन तथा नियमन विभागको जिम्मेवारी कर्णले नै सम्हाल्दै आएका थिए ।
बीमा प्राधिकरणबाट प्रवाह हुने सेवाहरुमा कानुनको बुँदाहरु अक्षरशः पालना गर्न खोजेका रेग्मीको जिम्मेवारी खोसिएको हो । काम गराउन सजिलो व्यक्तिको खोजी गर्दै प्राधिकरणमा निर्देशक कर्णलाई कानुन विभागको जिम्मेवारी दिइएको छ ।



About Us
प्रतिक्रिया