बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब तरलता खिचेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट तरलता खिचेको हो । बैंकले बुधबार ३५ अर्ब निक्षेप संकलन गरेपश्चात तरलता थुप्रिएको हो । निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले सात दिने निक्षेप संकलन गर्दैछ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यही पुस १९ गते हुनेछ ।



About Us
प्रतिक्रिया