बैंकिङ्ग समाचार, काठमाडौं– बिहीबार डलर, युराे र पाउन्डकाे भाउ बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे बिहीबारकाे विनिमय दरअनुसार आज अमेरिकी डलरकाे खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा छ।
बुधबार डलरकाे खरिद मूल्य १३२ रुपैयाँ ७३ पैसा रूपैयाँ र बिक्री मूल्य १३३ रुपैयाँ ४२ पैसा थियाे ।
यस्तै एक युराेकाे खरिददर १४६ रुपैयाँ २७ पैसाबाट बढेर १४७ रुपैयाँ ८ पैसा पुगेकाे छ भने बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ।
यसैगरी बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४० पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा छ । हिजाे पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३७ पैसा तोकिएको थियाे ।
डलर, पाउन्ड र युराेसँगै आज बहराइन दिनार, कुवेती दिनार, जापानिज येन र कतारी रियलकाे भाउ पनि बढेकाे छ ।
यस्ताे छ आजकाे विनिमय दर




About Us
प्रतिक्रिया