बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जागिरको अवसर खुलेको छ। कम्पनीमा ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटमा जागिर खुलेको हो। देशका विभिन्न स्थानमा रहेका शाखाका लागि यी दुई पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ।
ब्रान्च म्यानेजरका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ।
बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। यी दुवै पदका लागि जीवन बीमा कम्पनीमा काम गरेका लागि उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया