काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजारमा बढिरहेको मूल्यवृद्धि कम गर्न अब सरकारको ध्यान केन्द्रीत हुने बताएका छन । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एक वर्षअघि ३ महिनामात्रै धान्ने विदेशी मुद्रा हाल इतिहासकै उच्च रहेको उनको भनाइ छ । साथै, सधैं घाटामा जाने सार्वजनिक संस्थान नाफामा जान लागेको उनले बताए ।
उनले पुर्वाधार निर्माण सम्पन्न गर्न आवश्यक परे संकटकाल नै घोषणा गर्ने बताए । साथै, पुर्वाधारण निर्माणका लागि दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास गर्ने उनको भनाइ छ ।



About Us
प्रतिक्रिया