ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको आग्रह

ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको आग्रह


बैंकिङ्ग समाचार काठमाडौं-  नेपाल राष्ट्र बैंकले ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेकाे छ । मंगलबार बित्तीय जनचेतनाका लागि सार्वजनिक सूचना जारी गर्दै ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न भनेकाे हाे ।

सूचना केन्द्रबाट ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरणलगायतका जानकारी लिएर ऋण प्रवाहकाे प्रक्रिया अघि बढाउन राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएकाे छ ।

यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दासमेत लिनुपर्ने जानकारी केन्द्रीय बैंकले दिएकाे छ ।