बैंकिङ्ग समाचार, हेटाैंडा- एनएमबी बैंक र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीच सम्झौता भएकाे छ ।
एनएमबीका ग्राहकले बैंकिङ्ग एपबाटै खानेपानीकाे बिल महशुल तिर्नसक्नेगरी सम्झौता भएकाे हाे ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टबीच सम्झौता आदानप्रदान भएको थियो ।
सम्झौता आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाकाे पनि उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया