शेयर धितोमा ऋणको जोखिमभार १२५ प्रतिशत मा झार्ने राष्ट्र बैंकको निर्णय

शेयर धितोमा ऋणको जोखिमभार १२५ प्रतिशत मा झार्ने राष्ट्र बैंकको निर्णय



बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले आज जारी एकीकृत निर्देशिकामाथिको शंसोधनमा शेयर धितोमा प्रवाह हुने ऋणलाई थप सजिलो बनाइएको छ । जस अनुसार शेयर धितोमा प्रवाह हुने ५० लाख रुपैयाँसम्मको ऋणको क्यापिटल एड्यकेसी रेसियो १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभार १५० प्रतिशत रहेको थियो ।

नयाँ व्यवस्था अनुसार ५० लाख रुपैयाँ भन्दा बढि रुपैयाँको शेयर धितो ऋणको जोखिम भार १२५ प्रतिशत नै कायम गरिएको छ । नयाँ व्यवस्था अनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क २००७, २०१५ मा समेत शेयर धितो ऋणको जोखिमभार घटाइएसँगै अब ऋणीहरुले शेयर धितोमा ऋण लिन सजिलो हुने भएको छ । बैंकलाई समेत जोखिमभार कम हुने हुँदा यस तर्फ लगानी आकर्षित हुनेछ ।