नेप्से घट्याे, ७ अर्ब ११ कराेडकाे काराेबार

नेप्से घट्याे, ७ अर्ब ११ कराेडकाे काराेबार


बैंकिङ्ग समाचारकाठमाडाैं– साताकाे पहिलाे काराेबार दिन सेयर बजारमा दाेहाेराे अंककाे पहिराे गएकाे छ।

आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर दुई हजार ८८.०७ विन्दुमा झरेको छ। दिउँसाे ११:५४ मा दुई हजार १३२.६४ काे उच्च बिन्दुमा पुगेकाे नेप्से उतारचढावका बीच दिउँसाे १:४९ मा दुई हजार १२४ काे बिन्दुमा पुगेकाे थियाे। अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा त्यसयता नेप्सेमा गिरावट आएकाे देखिन्छ।

नेप्से परिसूचक घटे पनि यस दिन काराेबार रकम भने बढेकाे छ।

आज ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँकाे १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएकाे छ। अघिल्लाे काराेबार दिन ६ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको थियाे।