बैंकिङ्ग समाचार, काठमाडौं ।
सामाजिक सुरक्षा कोषले ४४ जना कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले ४४ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।
कोषले लोक सेवा आयोगको सहमतिअनुसार विभिन्न सेवा, समूह, उपसमूह तथा तहका कर्मचारीहरूका लागि आन्तरिक र खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। उप निर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका पदका लागि आवेदन माग्दै कोषले पद अनुसार उमेर हद ३५ वर्षदेखि ४० वर्षसम्म तोकेको छ ।
आवेदन दिने अन्तिम मिति पुस २६ गतेसम्म तोकिएको भए पनि डबल दस्तुर तिरेर माघ ४ गतेभित्र दिन पाइने व्यवस्था गरेको छ। कोषले पद अनुसारको योग्यता र परीक्षा दस्तुर तोकेको छ।



About Us
प्रतिक्रिया