काठमाडाैं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे सञ्चालकमा दीपक ढकाल निर्वाचित भएका छन्। शुक्रबार धरानमा सम्पन्र छैठौँ वार्षिक साधारण सभाबाट ढकाल निर्विराेध निर्वाचित भएका हुन्।
उनी एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनीत भइ आएका हुन्। उनी प्रमुख जोखिम अधिकृतमा कार्यरत छन्।
ढकाललाई संस्थाका अध्यक्ष सन्तोष कुमार राठीले शपथ ग्रहण गराएका छन्।
यस्तै साधारणसभाले आर्थिक वर्ष २०७९/८० काे नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ। सभाले १५ प्रतिशतका दरले छब्बीस करोड नौ लाख सोह्र हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हाे।



About Us
प्रतिक्रिया