कारोबार समयमा लाभांश घोषणा गरेपछि मुक्तिनाथको सेयर कारोबार रोक्का


काठमाडौं– नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ। बैंकले बिहीबार दिउँसो २ः३० बजे कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको थियो।

धितोपत्र सूचीकरण विनियमावली २२(१)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। उक्त विनियममा भएको व्यवस्था पालना नगरेपछि कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको बोर्डले जनाएको छ।

बोर्डले तीन दिनभित्र के कति कारणबाट कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणासम्बन्धी निर्णय गरेको हो स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ।