एप्पल वाच प्रतिबन्ध : अल्ट्रा २ र सिरिज ९ को उत्पादन र बिक्री बन्द

एप्पल वाच प्रतिबन्ध : अल्ट्रा २ र सिरिज ९ को उत्पादन र बिक्री बन्द


एजेन्सी– बहुप्रतिष्ठित प्रविधि कम्पनी एप्पले इन्कले एप्पल वाच ९ र अल्ट्रा २ को बिक्री बन्द गरेको छ। कम्पनीले यी घडीलाई आफ्नो वेबसाइटबाट पनि हटाइसकेको छ।

सो संस्करण क्रिसमसको पूर्वसन्ध्यादेखि खुद्रा अफलाइन स्टोरमा पनि उपलब्ध नहुने भएका छन्। डिसेम्बर २४ सम्म भने उपलब्ध रहने बताइएको छ।

केही समयअघि एप्पलको ‘ब्लड अक्सिजन सेन्सर’ प्रविधिको मसिमो हेल्थ कम्पनीसँग विवाद भएको थियो। उक्त विवादपछि कम्पनीले यस्तो कदम चालेको बताइएको छ।

हेल्थ टेक कम्पनी मेसिमोले एप्पले उसको रगतमा अक्सिजनको मात्रा निगरानी गर्ने पेसेन्ट अधिकार उल्लंघन गर्दै एप्पल वाच सिरिज ९ र एप्प्ल वाच अल्ट्रा २ मा प्रयोग गरेको बताएको छ।

सन् २०२० मा हेल्थ टेक कम्पनी मेसिमोले एप्पलद्वारा आफ्नो प्रमुख स्वास्थ्य अधिकृत र अन्य कर्मचारी अवैधानिक तरिकाले नियुक्त गरेको आरोप लगाएको थियो। त्यसलगत्तै एप्पलले रगतमा अक्सिजनको मात्रा जाँच गर्ने विशेषता आफ्नो वाच सिरिज ६ मा सुरुवात गरेको थियो।

अक्टोबर २०२३ मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग (आईटीसी)ले मसिमो को पक्षमा फैसला गर्दै एप्पलको नयाँ घडीहरूमा आंशिक प्रतिबन्ध घोषणा गरेको थियो। विवादयता यस्ता घडी अमेरिकामा बेच्न प्रतिबन्ध लगाएको थियो।