समयमा किस्ता नतिर्नेको धितो लिलाम गर्दै कामना सेवा विकास बैंक


काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेड पुरुन्चौर स्थित शाखाबाट ऋण लिएर समयमा किस्ता नतिर्नेहरुको धितो बैंकले लिलाम गर्ने भएको छ । बैंकले हिजो अर्थात् पुष ५ गते एक सुचना जारी गर्दै अबको १५ दिनभित्र सम्पर्कमा नआए जग्गा लिलामी गर्ने जनाएको हो ।

बैंकले सेती भ्याली इन्डिग्रेटेट अर्गानीक फर्म पोखराको पुष्पराज पौडेल र दीपा पराजुलीको नाममा रहेको जग्गा लिलामी गर्ने भएको हो । बैंकले धितोमा रहेको सम्पत्ति लिलामी हुन नसकेमा वा लिलाम बिक्री भई बैंकले दिनुपर्ने सम्पूर्ण लेना रकम असुल नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार बैंकको कर्जा असुली निती तथा अन्य प्रचलित ऐन मार्फत चल अचल सम्पत्तिबाट असुल्ने जनाएको छ ।