जीवन बीमा कम्पनीले बढाए सेयर बजारमा लगानी विस्तार



बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन बीमा कम्पनीले सेयर र डिबेन्चरमा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले सेयर र डिबेन्चरमा ८८ अर्ब रुपैयाँ लगानी गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी विस्तार सुरु गरेको छ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब १२ अर्ब रकममध्ये ८८ अर्ब ४१ करोड रुपैयाँ सो क्षेत्रमा लगानी गरेका हुन् ।बीमा कम्पनीहरुले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर र डिबेन्चरमा ४२ अर्ब रुपैयाँ लगानी गर्दा त्यसबाहेकका सूचीकृत कम्पनीका ऋणपत्रमा २१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

यस्तै जीवन बीमा कम्पनीहरुले पब्लिक कम्पनीको साधारण सेयरमा १० अर्ब रुपैयाँ लगानी गर्दा अन्य कम्पनीको संस्थापक सेयरमा ९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।