बोनस सेयर दिँदै मुक्तिनाथ विकास बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । यसअघि गत आर्थिक वर्ष बैंकले १३.५० प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।