बैंकिङ प्रणालीबाट रु. २५ अर्ब तान्दै राष्ट्र बैंक, भोलि बोलकबोल



बैंकिङ्ग समाचार, काठमाडौं ।
अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस ६ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको हो।

यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको पुस २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।