बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले पनि यसपालि लगानीकर्ताहरुलाई निराश बनाएको छ।
बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णयसँगै लगानीकर्ताहरु निराश बनेका हुन्। बैंक सञ्चालक समितिको बुधबार पुस ४ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो ।



About Us
प्रतिक्रिया