गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कर प्रयोजनका लागि मात्रै ०.५० प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

कुल ५१ करोड ८७ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने विकास बैंकले जनाएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४३० रुपैयाँ आसपासमा छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।