काठमाडाैं- मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको सेयर बजारले साताकाे चाैथाे काराेबार दिन पनि निरन्तरता पाएकाे छ। बुधबार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढी २ हजार १४१ दशमलव ८७ बिन्दुमा बजार बन्द भएकाे छ।
साताकाे पहिलाे दिन नै सकारात्मक दिशामा अघि बढेकाे बजार निरन्तर बढ्ने क्रममा रहेकाे देखिन्छ।
लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ।
बुधबार काराेबार रकम पनि बढेकाे छ। आज ७ अर्ब ९५ कराेड रूपैयाँकाे सेयर काराेबार भएकाे छ। याे गएकाे १ वर्षयताकै उच्च हाे। यसअघि अघिल्लाे वर्ष पुस २६ मा ७ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया