फरवार्ड माइक्रोफाइनान्सकाे सेयर काराेबार फुकुवा

फरवार्ड माइक्रोफाइनान्सकाे सेयर काराेबार फुकुवा


काठमाडाैं- नेप्सेले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार फुकुवा गरेकाे छ। आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणासम्बन्धी निर्णयको जानकारी समयमा उपलब्ध नगराएपछि गत पुस २ गते कम्पनीको सेयर कारोबार रोक्का गरेको थियाे।

नेप्सेले कम्पनीलाई कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएकाे थियाे।

कम्पनीले नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकेकाे र आगामी दिनमा सजग भइ गल्ती नदोहोराउने प्रतिबद्धता पत्रमार्फत व्यक्त गरेकाे थियाे। उक्त स्पष्टीकरणपछि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे।