काठमाडाैं- नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज एक हजार रूपैयाँले सुनकाे मूल्य बढेकाे छ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै बुधबार चाँदीकाे मूल्य पनि बढेकाे छ। आज बजारमा चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया