भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब आजसम्म कायम शेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउनेछन्।

भगवती हाइड्रोपावरको २३ औँ वार्षिक साधारणसभा यही पुस २४ गते काठमाडौंको थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुने। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।