काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले माघ २ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने दाबी गरेको छ ।
मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकपछि निर्माण व्यवसायीसँग एक समझदारीपत्र हस्ताक्षर भएको हो । बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको समितिका प्रवक्त राजेन्द्रप्रसाद पन्तले विज्ञप्तिमार्फत् जानकारी दिए ।
काठमाडौंमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। जसअनुसार आकस्मिक रुपमा केही नभए अबको २८ दिनभित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा वितरण हुने पन्तले बताएका छन्।




About Us
प्रतिक्रिया