राष्ट्र बैंकले एक महिनामा १२औँ पटक निक्षेप तान्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्दै छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो ।

बुधबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो । मंसिर ६ गतेदेखि बुधबारसमेत गरेर १२ पटक संकलन गर्दैछ । मंगलबारसम्म राष्ट्र बैंकले एक खर्ब ६५ अर्बका लागि आह्वान गरेको थियो । त्यसमध्ये एक खर्ब ४७ अर्ब २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको छ ।

प्रणालीमा अहिले ३३ अर्ब रुपैयाँ अधिक तरतला छ । यो अनिवार्य तरलता अनुपात ९सीआरआर० घटाएर हो । यद्यपि, कर्जा–निक्षेप अनुपात सीडी रेसियो युक्त तरलता भने ६ खर्ब रुपैयाँको हाराहारी छ ।