काठमाडौं– लगानीयोग्य रकम थुप्रिएपछि पुस महिनामा १८ वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।
अधिक तरलता देखिएपछि बैंकहरूले ब्याजदर घटाएका हुन्। नेपाल राष्ट्र बैंककाे माैद्रिक नीति २०८०/८१ काे प्रथम त्रैमासिक समीक्षाले बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाइ ३.० प्रतिशतमा झारेका कारण पनि बैंककाे ब्याजदर घटेकाे हाे।
पुसमा समग्र वाणिज्य बैंककाे औसत मुद्दती निक्षेपमा ब्याजदर ८.९६ रहेकाे छ । मंसिरमा यस्तो ब्याजदर औसत ९.६१ थथियाे ।यसरी हेर्दा मंसिरकाे तुलनामा यस महिना मुद्दती निक्षेपमा ०.६८ प्रतिशत ब्याजदर घटेकाे छ ।
एनआईसी एसिया बैंकले मुद्दती निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् ८.६७ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपमा ८.६७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा र ९ प्रतिशत र न्युनतम ब्याजदर ७ देखि ९ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर न्युनतम ६ प्रतिशतदेखि अधिकम् ७ प्रतिशतसम्म निर्धारण गरेको छ।
कुमारी बैंकले ६ महिनादेखि एक वर्षको मुद्दती निक्षेपमा ९.०१ र १ वर्षभन्दा बढीको मुद्दति निक्षेपमा ९.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सांग्रिला बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ९.५५ र संस्थागततर्फ ७.५५ प्रतिशत, साधारण बचत खातामा न्यूनतम ५.६ प्रतिशतदेखि अधिकतममा ७.६ ब्याजदर कायम गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यस्तै नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत तथा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज ताेकेका छन्।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत निर्धारण गरेकाे छ।
ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६ तथा लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यसैगरी हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत र एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज ताेकेका छन्।
नेपाल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत र कृषि विकास बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजदर स्थिर राखेका छन्। उनीहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने जनाएका छन्।
बैंकहरूले निक्षेपकाे ब्याजदर घटाएसँगै आम सर्वसाधारणकको चासो कर्जाको ब्याजदर घट्छ वा घट्दैन भन्नेमा छ । सामान्यतया निक्षेपकाे ब्याजदर घटेसँगै यसकाे प्रत्यक्ष असर कर्जाकाे ब्याजदरमा पनि पर्छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्ला केही महिनायता कर्जाकाे ब्याजदर घट्दै गएकाे बताए ।
उनका अनुसार मंसिरमा पनि सबै वाणिज्य बैंकले निक्षेपकाे ब्याजदर घट्दा कर्जाकाे ब्याजदर पनि बैंकहरूले घटाएका थिए ।आगामी दिनमा कर्जाको ब्याजदर अझै घट्नसक्ने उनले बताए ।



About Us
प्रतिक्रिया